उपचुनावका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने
मंसिर १, २०८१ शनिबार
काठमाण्डाै – प्रहरीले नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको छ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाएको घटनामा पाण्डे पनि जोडिएपछि पक्राउ गरेको काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो । उहाँलाई सामान्य सोधपुछका लागि पक्राउ गरिएको ज्ञवालीले बताउनुभयो ।
पक्राउ परेका सचिव पाण्डे अहिले उपराष्ट्रपति कार्यालयको सचिव हुनुहुन्छ भने उहाँ यसअघि गृह मन्त्रालयको समेत सचिव भइसक्नुभएको छ । पाण्डेलाई पक्राउ गर्न प्रहरीले हिजो मङ्गलवार जिल्ला अदालत काठमाण्डौबाट पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रहरीका अनुसार सचिव पाण्डे गृह सचिव भएकै बेला नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गिरोहसँग लेनदेनमा सक्रिय भएको अनुमान छ । यसै घटनामा प्रहरीले अस्ति पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Hari babu kamali
May 3, 2023, 2:19 p.m.नेपाल सरकार कै गृह सचिच नै यस्ता भएपछि तल्लातहका कर्मचारीको के कुरागर्नु र खै । नेपाल बिग्रनुमा जड कारण नेता र कर्मचारी हो। किन कडा कानुनी विध्येक ल्याउँदैनन् त साँसदमा भन्दा धन्दाबन्दहुने भएरै त होला !