सर्बियाकाे एक विद्यालयमा जथाभाबी गोली चल्दा ८ बालबालिकासहित ९ जनाको ज्यान गयो

 वैशाख २०, २०८० बुधबार २०:७:३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

सर्बियाको राजधानी बेलग्रेडमा रहेको एक प्राथमिक विद्यालयमा जथाभाबी गोली चल्दा आठ बालबालिकासहित नाै जनाको ज्यान गएको छ ।

बुधवार बिहान विद्यालय समय सुरु हुनेबित्तिकै एक जना १४ वर्षका किशोरले जथाभाबी गोली चलाएको बीबीसीले जनाएको छ । आक्रमणमा विद्यालयका सुरक्षा गार्डको पनि ज्यान गएको छ । सुरक्षा गार्डले आक्रमणकारीबाट थप बालबालिकाको ज्यान जोगाउनका लागि आफैँलाई गाेली थापेका र अन्तिममा ज्यान गुमाएका खबरमा उल्लेख छ ।

जथाभाबी गोली चलाउने किशोर ७ कक्षामा पढ्ने विद्यार्थी भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनापछि सर्बिया शोकमा डुबेको छ । देशका कुनै पनि विद्यालय र कलेज खुलेका छैनन् । सर्बिया निकै शान्त राष्ट्र मानिन्छ जहाँ गोली काण्ड दुर्लभमात्रै हुने गरेका छन् ।

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया