सुडानमा आजदेखि एक हप्ताका लागि युद्धविराम

 वैशाख २१, २०८० बिहीबार ६:३०:३५ | एजेन्सी
unn.prixa.net

सुडानमा आजदेखि एक हप्ताका लागि युद्धविराम भएको छ । सेना र अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्सेस (आर.एस.एफ) बीच एकहप्ताका लागि युद्धविरामको सहमति भएको हो ।

सुडानको विदेशमन्त्रालका अनुसार सुडानी सेनाका प्रमुख अब्देल फताह अल बुरहान र अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्सेसका प्रमुखले आउँदो २८ गतेसम्म युद्धविराम गर्न सहमति जनाएको अन्तर्रा‍ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुवै पक्षले वार्ताका लागि आ–आफ्ना प्रतिनिधि खटाउन सहमति पनि जनाएको उल्लेख छ । सेना र अर्धसैनिक बलबीच वार्ताको तयारी भइरहेको छ । यसअघि पनि संयुक्त राष्ट्र सङ्घसहित अमेरिका, बेलायत र छिमेकी देशहरूको कुटनीतिक प्रयासपछि युद्धरत पक्षहरूबीच ७२ घण्टे युद्धविराम भएको भए पनि पालना हुन सकेको थिएन ।

पछिल्लो युद्धविरामको पनि पूर्ण कार्यान्वयन हुनेमा आशङ्का छ । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया