अफगानिस्तानमा उपचार हुनसक्ने रोगबाट दैनिक १ सय ६७ जना बालबालिकाले ज्यान गुमाउँदै

 वैशाख २१, २०८० बिहीबार १२:४७:९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अफगानिस्तानमा उपचार हुनसक्ने रोगबाट दैनिक १ सय ६७ जना बालबालिकाले ज्यान गुमाउनु परिरहेको एक तथ्याङ्कले देखाएको छ।

संयुक्त राष्ट्र सङ्घको बालबालिका हेर्ने निकाय युनिसेफको तथ्याङ्क अनुसार स्वास्थ्य उपचारको प्रभावकारी व्यवस्था नहुँदा निको हुने रोग निमोनिया, मेनिन्जाइटिस, मुटुरोगलगायतबाट बालबालिका ज्यान गुमाउन बाध्य छन् । उचित उपचार सेवाबाट ती बिरामी बालबालिका निको हुनसक्ने र हुनुपर्ने पनि युनिसेफले जनाएको छ ।

अफगानिस्तानमा सार्वजनिक स्वास्थ्य सेवा अन्तर्रा‍ष्ट्रिय सहयोगमा निर्भर रहेको र सन् २०२१ मा तालिबानले सत्ता हातमा लिएपछि सहयोग रकम कटौती भएको छ । तालिबानले महिलालाई गैरसरकारी संस्थामा काम गर्न रोक लगाएपछि मानवीय सहायताका लागि काम गर्ने संस्थाहरू सञ्चालनका लागि कठिन भएको छ । त्यसबाट बालबालिका र शिशुहरू थप जोखिममा परेका बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया