पाकिस्तानमा पाँच जना शिक्षकसहित आठ जनाको गोली हानी हत्या

 वैशाख २२, २०८० शुक्रबार १२:३९:२९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पाकिस्तानमा ५ जना शिक्षकसहित ८ जनाको गोली हानी हत्या भएको छ । उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वाको कुर्रम जिल्लामा भएका दुई छुट्टाछुट्टै घटनामा पाँच जना शिक्षकसहित आठ जनाको ज्यान गएको हो ।

पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्वीको कार्यालयले घटनाको भर्त्सना गरेको बीबीसी हिन्दीले जनाएको छ । कुर्रम जिल्ला प्रहरी प्रवक्ताका अनुसार शालुजन भन्ने ठाउँमा नचिनेका व्यक्तिले विद्यालय बाहिर कारमा फायरिङ गरेका थिए । जसमा परेर एकजना शिक्षकको ज्यान गएको छ ।

यस्तै, ती व्यक्तिले विद्यालयमा प्रवेश गरेर फेरि अरु चार जना शिक्षक र विद्यालयमा रहेका तीन जनाको गोली हानी हत्या गरेका बीबीसी हिन्दीको खबरमा उल्लेख छ । घटना किन र कसले गरेको भन्नेबारे अनुसन्धान भइरहेको छ । 
 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया