भारतको मणिपुरमा दुई समुदायबीचको हिंसामा ज्यान गुमाउनेको सङ्ख्या ५४ जना पुग्यो

 वैशाख २३, २०८० शनिबार १४:१२:२० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतको मणिपुर राज्यमा दुई समुदायबीचको हिंसामा ज्यान गुमाउनेको सङ्ख्या ५४ जना पुगेको छ ।

ठाउँठाउँमा दुई समुदायबीचको झडप र प्रहरीको गोली लागेर ५४ जनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ । तर स्थानीय प्रहरी अधिकारीले अनौपचारिक रुपमा दिएको जानकारी अनुसार मृतकको सङ्ख्या निकै धरै रहेको अनुमान छ ।

मणिपुरमा पछिल्लो एक हप्तादेखि हिंसा भड्किएको छ । ठाउँ ठाउँमा आगलागी र नरसंहार भएका छन् । स्थितिलाई शान्त बनाउन केन्द्रीय सरकारले हजारौँ सेना र र्यापिड एक्सन फोर्सका ५५ वटा टुकडी मणिपुर पठाएको छ । सडकमा सेनाले मार्चपास गरिरहेका छन् ।

भारतीय सेनाका जनसम्पर्क अधिकारी लेफ्टिनेन्ट कर्नल महेन्द्र रावतले मणिपुरको प्रभावित क्षेत्रमा कर्फ्यु लगाइएको र सेनालाई सिधै गोली हान्ने अधिकार दिएको बताउनुभएको छ । आज सडकमा छिटपुट गाडी देखिन थालेका र अत्यावश्यक सामग्री बेच्ने पसल पनि खुलेका खबरमा उल्लेख छ ।

सरकारले मणिपुरमा पाँच दिनको लागि इन्टरनेट बन्द गरेको छ भने हिजो र आज मणिपुर आउजाउ गर्ने सबै रेल सेवा पनि रोकिएका छन् । 

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया