बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक समाराेह सम्पन्न (तस्बिरसहित)

 वैशाख २३, २०८० शनिबार १८:४३:५२ | एजेन्सी
unn.prixa.net

बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक तथा राजमुकुट पहिरिने समारोह सम्पन्न भएको छ । लन्डनको प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबीमा राज्याभिषेक समारोहको आयोजना गरिएको छ । उहाँले शपथलिँदै राजाका दायित्व पूरा गर्ने बताउनुभएको छ।

समारोहमा राजा चार्ल्स तथा उहाँकी पत्नी क्विन कन्सोर्ट क्यामिलालाई राजमुकुट पहिर्याइएको छ । दुई किलो २३ ग्राम तौलको सुन र हीरा जवाहरात जडित श्रीपेच राजाहरूले राज्याभिषेकको बेला मात्रै पहिरन्छन् । राजमुकुट पछिल्लो पटक सन् १९५३ मा महारानी एलिजाबेथले उहाँको राज्याभिषेकमा पहिरिनुभएको थियो।

समारोहको अन्तिम चरणमा राजाले गद्दी आरोहण पनि गर्नुभएको छ ।  राजा बकिङ्घम दरबारबाट समारोहका लागि निस्कँदा सेन्ट्रल लन्डनका सडकमा मानिसहरूको भिडले स्वागत गरेको थियो । राज्याभिषेक परेड हेर्ने आशामा अनुकूल ठाउँ सुनिश्चित गर्नका लागि मानिसहरू रातदेखि नै कुरेर बसेका थिए । समारोहमा विश्वका नेताहरु, राजपरिवारका सदस्यसहित झण्डै दुई हजार पाहुना सहभागी छन् ।

राजतन्त्रको विरोध गर्नेहरूको अवरोधलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको बीबीसीले जनाएको छ । बेलायतको इतिहासमै सबैभन्दा बढी ७ दशकसम्म शासन गरेकी महारानी एलिजाबेथ द्वितीयाको गएको सेप्टेम्बरमा निधन भएपछि ७३ वर्षका चार्ल्सले राज्यारोहण गर्नुभएको थियो । 

तस्बिर : बीबीसी र गेटी इमेजेज

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया