आईपीएल क्रिकेटमा दिल्लीले बैंग्लाेर ७ विकेटले हरायो

 वैशाख २४, २०८० आइतबार ६:२१:६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ७ विकेटले हराएको छ ।

जितका लागि १ सय ८२ रनको लक्ष्य पछ्याएको दिल्लीले १६ ओभर ४ बलमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

दिल्लीका फिलिप साल्टले सर्वाधिक ८७ रन बनाए । उसका राइली रोसोउ ३५ रनमा अविजित रहे । मिचेल मार्श २६ र डेविड वार्नर २२ रनमा आउट भए ।

बैंग्लोरका जोश हेजलवुड, कर्ण शर्मा र हर्षल पटेलले समान एक/एक विकेट लिए । त्यसअघि दिल्लीमा टस जितेर पहिला ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो ।

बैंग्लोरका महिपाल लोमरोरले अविजित ५४ रन बनाए । उनको आईपीएल क्रिकेटमा पहिलो अर्धशतक हो । विराट कोहली ५५ तथा फाफ डु प्लेसिस ४५ रनमा आउट भए ।

दिल्लीका मिचेल मार्शले २ विकेट लिए । मुकेश कुमार र खलिल अहमदले एक/एक विकेट लिए ।

जितसँगै दिल्ली १० खेलमा ८ अंकका साथ नवौं स्थानमा उक्लिएको छ । बैंग्लाेर समान खेलमा १० अंकका साथ पाँचौं स्थानमा छ ।

हिजो भएको पहिलो खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले हराएको थियो ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया