बेलायतका राजा चार्ल्स तृतीय र महारानी क्यामिलालाई विश्वका शीर्ष नेताहरूद्वारा बधाई

 वैशाख २४, २०८० आइतबार ६:५०:५७ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिका, चीनसहित युरोपेली देशका शीर्ष नेताहरूले बेलायतका राजा चार्ल्स तृतीय र महारानी क्यामिलालाई राज्याभिषेकका लागि बधाई दिएका छन् ।

उनीहरुले राज्याभिषेकका अवसरमा आपसी ‘सहयोग’ र ‘शान्ति’ का लागि आह्वान समेत गरेका छन् ।

अमेरिकाका राष्ट्रपति जो वाइडेनले लण्डनमा भएको भव्य समारोहमा उहाँहरूलाई बधाई व्यक्त गर्नुभयो ।

जो वाइडेनले ‘अमेरिका र बेलायतबीचको स्थायी मित्रता’ प्रति सद्भाव व्यक्त गर्नुभएको बीबीसीले जनाएको छ ।

त्यस्तै चीनका राष्ट्रपति सी चिनफिङले राजा चार्ल्स तृतीयको कार्यकालको सफलताको कामना गर्दै बेलायतलाई ‘स्थिर र पारस्परिक लाभका लागि काम गर्न’ आग्रह गर्नुभएको छ ।

युरोपेली सङ्घ (ईयू)की कार्यकारी प्रमुख, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले राज्याभिषेकलाई ‘बेलायती राजशाहीको स्थायी शक्तिको प्रमाण’ भन्नुभएको छ ।

लन्डनको प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबीमा हिजो भएको राज्याभिषेक समारोहमा राजा चार्ल्स तथा उहाँकी पत्नी क्विन कन्सोर्ट क्यामिलालाई राजमुकुट पहिर्‍याइएको छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया