आईपीएल क्रिकेटमा आज गुजरात र लखनउ तथा राजस्थान र हैदरावाद खेल्दै

 वैशाख २४, २०८० आइतबार १२:१:२६ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।

आजको पहिलो खेलमा गुजरात टाइटन्स र लखनउ सुपर जाइन्ट्स दिउँसो पौने ४ बजे अहमदावादमा खेल्दैछन् ।

गुजरात १० खेलमा १४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा तथा लखनउ १० खेलमा ११ अङ्कका साथ तेस्रो स्थानमा छ ।

आज हुने दोस्रो खेलमा राजस्थान रोयल्स र सनराईजर्स हैदरावाद बेलुका पौने ८ बजे खेल्दैछन् । यो खेल जयपुरमा हुनेछ ।

राजस्थान १० खेलमा १० अङ्कका साथ तालिकाको चौथो स्थानमा र हैदरावाद ९ खेलमा ६ अङ्कका साथ पुछारमा छ ।

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया