पेरु : सुनखानीमा भएको आगलागीमा परेर कम्तीमा २७ जनाको ज्यान गयो

 वैशाख २५, २०८० सोमबार १५:१:२२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पेरुको एक सुनखानीमा भएको आगलागीमा परेर कम्तीमा २७ जनाको ज्यान गएको छ । प्रहरीले एक सय ७५ जनाको सकुशल उद्धार गरेको छ ।

खानी कम्पनी यानाक्विहुआले एक विज्ञप्ति निकालेर जमिनबाट एक सय मिटरभित्र भएको आगलागीमा २७ जनाको ज्यान गएको बताएको समाचार संस्था एपीले जनाएको छ । सरकारी अधिकारीले विद्युत शर्ट भएर आगो लागेको अनुमान गरेका छन् । खानी सहरभन्दा धेरै पर रहेकाले आपत्कालीन उद्धारमा कठिन भएको खबरमा उल्लेख छ ।

संसारको सबैभन्दा ठूलो सुन उत्पादकमध्ये एक पेरुले हरेक वर्ष एक सय टनभन्दा बढी सुन उत्पादन गर्दछ । यो विश्वको वार्षिक उत्पादनको चार प्रतिशत हो ।

यसअघि सन् २०२२ मा खानी दुर्घटनामा देशभर ३८ जनाकाे ज्यान गएकाे थियाे । यस्तै सन् २००२ पेरुका लागि सबैभन्दा घातक वर्ष थियाे जहाँ विभिन्न खानी दुर्घटनामा ७३ जनाकाे ज्यान गएकाे थियाे ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया