श्रीलङ्काले ४ महिनामा पर्यटनबाट झन्डै ७० कराेड डलर कमायाे

 वैशाख २५, २०८० सोमबार १८:२३:३९ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

श्रीलङ्काले सन् २०२३ को पहिलो चार महिनामा पर्यटनबाट झन्डै ७० करोड अमेरिकी डलर कमाइ गरेकाे छ । यो गएकाे वर्षकाे यही अवधिकाे तुलनामा १७ दशमलव ८ प्रतिशतले बढी हो ।

श्रीलङ्का पर्यटन विकास प्राधिकरणका अध्यक्ष प्रियन्था फर्नान्डोले अप्रिल महिनामा श्रीलङ्काले पर्यटनबाट १६ करोड ६५ लाख अमेरिकी डलर आम्दानी गरेको बताउनुभयो । ‍श्रीलङ्कामा यस वर्षको पहिलो तीन महिनामा तीन लाख ३५ हजार छ सय ७९ पर्यटक भित्रिएका प्रधिकरणले जनाएको छ ।

श्रीलङ्काको पर्यटन उद्योगले सन् २०२३ मा २० लाख आगन्तुकहरूलाई आकर्षित गर्ने लक्ष्य राखेको फर्नान्डोले गएकाे महिना घोषणा गर्नुभएको थियो । यो पहिलेको १५ लाख पर्यटकको लक्ष्यभन्दा बढी हो । प्रधिकरणले वर्षको पहिलो त्रैमासिकमा सकारात्मक प्रवृत्तिको कारण अनुमानमा संशोधन गरेको थियो ।

श्रीलङ्कामा कोभिड–१९ को महामारी र आर्थिक तथा राजनीतिक सङ्कटका कारण विदेशी मुद्रा आर्जन गर्ने प्रमुख देशमध्येको एक पर्यटन क्षेत्र धराशायी भएको छ ।

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया