चालु आर्थिक वर्षमा बङ्लादेशको कुल गार्हस्थ्य उत्पादन वृद्धिदरले चीनलाई उछिन्ने प्रक्षेपण

 वैशाख २६, २०८० मंगलबार ६:४५:५५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले एसिया–प्रशान्त क्षेत्रको प्रक्षेपणसम्बन्धी गरेको पछिल्लो प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा बङ्लादेशको कुल गार्हस्थ्य उत्पादन वृद्धिदरले चीनलाई उछिन्ने देखिएको छ ।

आईएमएफको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन वृद्धिदरका आधारमा बङ्लादेश भियतनामपछि दोस्रो स्थानमा रहनेछ । बङ्लादेशमा सन् २०२३ मा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ५ दशमलव ५ प्रतिशतमा खुम्चिने छ, जुन चीनको अनुमानित ५ दशमलव २ प्रतिशतको वृद्धिदरभन्दा धेरै हो । तर चीनको अर्थतन्त्र बङ्लादेशको भन्दा निकै ठूलो छ ।

आईएमएफको प्रतिवेदनअनुसार बङ्लादेशका लागि हालै स्वीकृत विस्तारित कोष सुविधाले युक्रेनमा रूसको युद्धका कारण उत्पन्न आर्थिक चुनौतीलाई सम्बोधन गर्न मद्दत गर्नेछ । प्रतिवेदनले विशेष गरी बङ्लादेश र प्रशान्त टापुहरूसहित यस क्षेत्रका कमजोर उदीयमान बजारहरूमा जलवायु परिवर्तन अनुकूलनका लागि वित्तीय सहायता सुरक्षित गर्न, अन्तर्राष्ट्रिय सहयोगको महत्त्वलाई उजागर गरेको डेली सनको रिपोर्टमा उल्लेख गरिएको छ ।  

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया