पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

 वैशाख २६, २०८० मंगलबार १५:४९:२८ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई प्रहरीले पक्राउ गरेको छ । इस्लामाबाद उच्च अदालत बाहिरबाट खानलाई प्रहरीले पक्राउ गरेको बीबीसी हिन्दीले जनाएको छ ।

दर्जनौँ प्रहरीले खानलाई घेरा हालेर गाडीमा राखेको एक भिडियोमा देखिएको छ । खानलाई एक अपराधीलाई जसरी लछारपछार गरेर पक्राउ गरेको खानको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) ले जनाएको छ । खानलाई कुन मुद्दामा हिरासतमा लिइएको हो भन्ने जानकारी अहिलेसम्म प्राप्त भएको छैन ।

गएकाे अप्रिलमा सत्ताबाट निकालिएका खानमाथि केही महिनाअघि भएकाे एउटा र्‍यालीमा गोली प्रहार भएकाे थियाे । उहाँले समयअघि नै चुनावकाे पक्षमा अभियान चलाउँदै आउनुभएकाे छ ।

 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया