च्याम्पियन्स लिगको सेमिफाइनल अन्तर्गत पहिलो लिगमा रियल र म्यानचेस्टर सिटीको बराबरी

 वैशाख २७, २०८० बुधबार ६:१६:१३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लिगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटीबिचको खेल बराबरी भएको छ ।

रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबाउमा गएराति भएको खेलमा १–१ गोलको बराबरी भएको हो ।

रियलले भिनिसियस जुनियरको गोलमा अग्रता लिए पनि दोस्रो हाफमा सिटीले गोल फर्कायो ।

रियलका भिनिसियसले खेलको ३६ औँ मिनेटमा र सिटीका केभिन डे ब्रुएनाले ६७ औँ मिनेटमा गोल गरे ।

सेमिफाइनल चरणको दोस्रो खेलमा आजराति इन्टर मिलान र एसी मिलान खेल्नेछन् ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया