पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानको पक्राउलाई लिएर प्रदर्शन चर्कियो

 वैशाख २७, २०८० बुधबार ६:४४:५४ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेपछि प्रदर्शन चर्किएको छ ।

पाकिस्तानका विभिन्न सहरमा भएको प्रदर्शनमा कम्तिमा ४३ जना प्रदर्शनकारी पक्राउ परेका छन् ।

पूर्व प्रधानमन्त्री खानलाई हिजो इस्लामाबादमा अदालत परिसरबाट पक्राउ गरिएको थियो ।

भ्रष्टाचारसम्बन्धी आरोप लगाइएको मुद्दाबारे उहाँ अदालतमा उपस्थित हुन लाग्नुभएको थियो ।

पूर्व प्रधानमन्त्री खानविरुद्ध अन्य थुप्रै मुद्दा चलिरहेका छन् । यद्यपि आफूमाथि लगाइएका सबै आरोप राजनीतिक रूपले प्रेरित भएको भन्दै पूर्व प्रधानमन्त्री खानले तिनलाई अस्वीकार गर्दै आउनुभएको छ।

उहाँको दल पीटीआईका कार्यकर्ताले विभिन्न ठाउँमा प्रदर्शन र तोडफोड गरेका छन् ।

इस्लामाबादमा प्रदर्शनले उग्र रूप लिएको छ । कम्तीमा ४३ प्रदर्शनकारी पक्राउ परेका र तीन जना प्रहरी घाइते भएका बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया