यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प दोषी ठहर

 वैशाख २७, २०८० बुधबार ७:४:२५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन  दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहर हुनुभएको छ ।

उहाँलाई न्युयोर्कको एक अदालतले यौन दुर्व्यवहारमा दोषी ठहर्‍याउँदै पीडितलाई क्षतिपूर्ति बापत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको छ । 

एक म्यागेजिनकी लेखिका ई. जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाउनुभएको थियो । साथै उहाँले ट्रम्पमाथि आफ्नो मानहानी गरेको आरोप समेत लगाउनुभएको थियो । 

यो मुद्दामा पूर्व राष्ट्रपति ट्रम्पलाई अदालतले दोषी ठहर्‍याएको बीबीसीले जनाएको छ ।

तर अदालतले जीन केरलले लगाएको बलात्कार आरोपमा भने ट्रम्पलाई दोषी ठहर्‍याएको छैन ।

ट्रम्पले अदालतको फैसलामा असन्तुष्टि जनाउनुभएको छ । साथै उहाँले फैसलाविरुद्ध अपिल गर्ने प्रतिक्रिया दिनुभएको छ ।

पोर्न स्टार स्टोर्मी डेनिल्सलाई पैसा दिएर दबाबमा राखेको अभियोगमा ट्रम्पमाथि अर्को फौजदारी मुद्दा पनि छ ।

७६ वर्षका ट्रम्पमाथि अवैध तरिकाले अर्बौँ डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति चुनावको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएकोलगायतका आरोप पनि छन् ।
 

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया