पाकिस्तानमा भइरहेको प्रदर्शन हिंसात्मक बन्दै : एक जनाको ज्यान गयो, देशभर मोबाइल सेवा अवरुद्ध

 वैशाख २७, २०८० बुधबार ११:३७:१० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेपछि सुरु भएको प्रदर्शन हिंसात्मक बन्न थालेको छ । खानका समर्थक र प्रहरीबिच ठाउँ ठाउँमा झडप भैरहेको छ ।

इस्लामावादमा प्रदर्शनले उग्र रूप लिएको छ । अहिलेसम्म झडपमा परी एक जनाको ज्यान गएको र ४० जनाभन्दा धेरै पक्राउ परेकाे बीबीसीले जनाएको छ ।

झडप हुन थालेपछि देशभर मोबाइल सेवा अवरुद्ध छ । पूर्व प्रधानमन्त्री खान हिजो इस्लामावादमा अदालत परिसरबाट पक्राउ पर्नु भएको थियो । 

भ्रष्टाचारसम्बन्धी आरोप लगाइएको मुद्दाबारे उहाँ अदालतमा उपस्थित हुन लाग्नुभएको थियो । पूर्व प्रधानमन्त्री खानविरुद्ध अन्य धेरै मुद्दा चलिरहेका छन् ।

तर, आफूमाथि लगाइएका सबै आरोप राजनीतिक रूपले प्रेरित भएको भन्दै पूर्व प्रधानमन्त्री खानले तिनलाई अस्वीकार गर्दै आउनुभएको छ । उहाँका समर्थकले आज देशव्यापी प्रदर्शनको आह्वान समेत गरेका छन् ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया