पाकिस्तानका पूर्वप्रधानमन्त्री खान पक्राउ परेपछि देशभर प्रदर्शन चर्कँदै, झन्डै १ हजार जना पक्राउ

 वैशाख २७, २०८० बुधबार १७:५८:१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेपछि देशभर प्रदर्शन चर्किएको छ । सरकारले इन्टरनेट सेवा बन्द गरिदिएको छ ।

पूर्वप्रधानमन्त्री पक्राउ परेकाे विषयलाई लिएर ठाउँ–ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । सबैभन्दा बढी जनसङ्ख्या भएको प्रान्त पञ्जाबमा झन्डै एक हजार व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । खानलाई पक्राउ गरेपछि भएको हिंसामा एक जना प्रदर्शनकारीको ज्यान गएको छ भने एक सय ३० जनाभन्दा बढी प्रहरी घाइते भएका छन् ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गएकाे वर्ष सत्ताच्युत भएयता विचाराधीन दर्जनौँ मुद्दामध्ये एक मुद्दामा हिजो मङ्गलवार अदालतमा उपस्थित हुने क्रममा पक्राउ गरिएको थियो । खानको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका अधिकारीहरूले उहाँलाई पक्राउ गरेपछि समर्थकहरूलाई सडकमा आउन आग्रह गरेका थिए तर प्रहरीले चार जनाभन्दा बढी भेला हुन नपाइने आदेशलाई कडाइका साथ लागू गरिने चेतावनी दिएको छ ।

आन्दोलनका लागि पार्टीले गरेको आग्रहसँगै पीटीआई समर्थकहरूले राजधानी इस्लामाबाद, लाहोर र पेशावरसहित देशभरका सहरहरूमा भेला भएर सडक बन्द गरेका थिए ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया