आईपीएल क्रिकेटमा चेन्नईले दिल्लीलाई २७ रनले हरायो

 वैशाख २८, २०८० बिहीबार ६:५३:३९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २७ रनले हराएको छ ।

चेन्नईले जितका लागि दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४० रन मात्रै बनाउन सक्यो ।

उसका रिली रोसोले सर्वाधिक ३५ रन जोडे । मनिष पान्डे २७ र अक्षर पटेल २१ रनमा आउट भए ।

दिल्लीका अरु खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । चेन्नईका मथिशा पथिरानाले ३ तथा दीपक चहरले २ विकेट लिए ।

त्यसअघि घरेलु मैदान चेन्नईमा टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६७ रन बनाएको थियो ।

चेन्नईका शिवम दुवेले २५, रितुराज गायक्वाडले २४, अम्बाती राइडुले २३, अजिङ्क्या रहाणे र रविन्द्र जडेजाले समान २१ तथा कप्तान महेन्द्र सिंह धोनीले २० रन जोडे । 

दिल्लीका मिचेल मार्सले ३ तथा अक्षर पटेलले २ विकेट लिए । जितसँगै १२ खेलमा १५ अङ्क जोडेको चेन्नई अङ्कतालिकाको दोस्रो स्थानमा छ ।

दिल्ली ११ खेलमा ८ अङ्कका साथ तालिकाको पुछारमा छ ।

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया