दाङमा बसले माेटरसाइकललाई ठक्कर दिँदा एक जनाकाे ज्यान गयाे

 बैशाख २९, २०८० शुक्रबार १०:२४:२८ | हेमराज शर्मा
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दाङ - दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ। दुर्घटनामा रोल्पाको रुन्टीगढी गाउँपालिका-३ का २१ वर्षीय चन्द्रबहादुर नेपालीकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घोराही उपमहानगरपालिका-१४ मा रहेकाे आर्मी ब्यारेक नजिकै रा १ ख १२०१ नम्बरको बसले रा ३ प ४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएकाे हाे । दुर्घटनामा परि घाइते भएका नेपालीलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएकोमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

बस र बस चालकलाई नियन्त्रणमा लिइएकाे तथा घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अन्तिम अपडेट: बैशाख १, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया