पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई रिहा गर्न र कम्तीमा २ हप्ता पक्राउ नगर्न अदालतको आदेश

 वैशाख २९, २०८० शुक्रबार १७:३९:२ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

पाकिस्तानको एउटा अदालतले भ्रष्टाचारको अभियोगमा पक्राउ परेका पूर्वप्रधानमन्त्री इमरान खानलाई जमानतमा रिहा गर्न र कम्तीमा दुई हप्ता फेरि नपक्रिन आदेश दिएको छ ।

सर्वोच्च अदालतले खानको गिरफ्तारीलाई अवैध ठहर गरेको भोलिपल्ट इस्लामाबाद उच्च अदालतले खानलाई मुक्त गर्न र कम्तीमा दुई हप्ता फेरि पक्राउ नगर्न आदेश दिएको बीबीसीले जनाएको छ । न्यायाधीशहरूले खानलाई कम्तीमा दुई हप्ता सुरक्षित हुने गरी जमानत दिएका हुन् ।

यसअघि खानले रिहा भएलगत्तै आफूलाई पुनः पक्राउ गरिने बताउनुभएको थियो । खानको पक्राउसँगै पाकिस्तानी सेनासँगको उहाँको तनाव बढेको थियो । प्रधानमन्त्री पदबाट हटेपछि खान सेनाको सबैभन्दा प्रखर आलोचक बन्नुभएको छ ।

गएकाे मङ्गलवार खान पक्राउ परेपछि पाकिस्तानभरि चर्किएको प्रदर्शनका क्रममा कम्तीमा १० जनाको ज्यान गएको छ भने दुई हजार जनाभन्दा बढी मानिस पक्राउ परेका छन् ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया