इथियोपियामा हैजाका कारण ज्यान गुमाउनेको संख्या ९४ पुग्यो, महामारीकै रुप लिन सक्ने चेतावनी

 वैशाख ३०, २०८० शनिबार ६:४५:४६ | एजेन्सी
unn.prixa.net

दक्षिणपूर्वी इथियोपियामा हैजाका कारण ज्यान गुमाउनेको संख्या ९४ पुगेको छ । संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (यूएनओसीएचए) ले दिएको पछिल्लो विवरण अनुसार ज्यान गुमाउनेको संख्या ९४ जना पुगेको हो ।

हैजा प्रभावित क्षेत्रमा ४१ वटा उपचार केन्द्र र इकाइ सञ्चालन गरिएको छ । यूएनओसीएचएले इथियोपियामा हैजा महामारीकै रुपमा फैलन सक्ने चेतावनी दिएको छ । विशेष गरी सुरक्षित खानेपानीको आपूर्ति र सरसफाइमा देखिएको कमजोरीका कारण त्यहाँ हैजाको जोखिम उच्च छ । यूएनओसीएचएले मुखबाट दिइने हैजा खोपको दायरा फराकिलो बनाउनुपर्ने र त्यसका लागि थप कोषको आवश्यकता रहेको पनि जनाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया