पाकिस्तानका पूर्व-प्रधानमन्त्री इमरान खान लाहोरकाे आफ्नै घरमा

 वैशाख ३०, २०८० शनिबार ८:३१:५४ | एजेन्सी
unn.prixa.net

पाकिस्तानका पूर्व-प्रधानमन्त्री एवं तेहरिक–ए–इन्साफ पार्टीका प्रमुख इमरान खान आज बिहान लाहोर पुग्नुभएको छ । उहाँ आफ्नो घर लाहोर पुग्नुभएको हो । त्यहाँ उहाँका समर्थकले स्वागत गरेका छन् ।

इस्लामाबाद उच्च अदालतले हिजो अल–कादिर ट्रस्ट मुद्दामा खानलाई दुई हप्ताको लागि अन्तरिम जमानत दिएको थियो । एक भिडियो सन्देशमा खानले अदालतमा हिजो आफूलाई तीन घण्टासम्म बन्धक बनाएको बताउनुभएको छ । इस्लामाबाद पुलिसले खानले सुरक्षामा सहयोग नगरेको र आफ्नो कार्यको लागि आफू स्वयं जिम्मेवार हुनुपर्ने जनाएको छ ।

भ्रष्टाचारको आरोपमा गएको मंगलबार खान पक्राउ परेपछि देशभर प्रदर्शन तथा हिंसात्मक घटना भएका छन् । प्रदर्शनका क्रममा कम्तीमा १० जनाको ज्यान गएको छ भने दुई हजार भन्दा धेरै मानिस पक्राउ परेका छन् ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया