भारतको कर्नाटक विधानसभा चुनावमा सत्तारुढ बीजेपीभन्दा कांग्रेसको दोब्बर सिटमा अग्रता

 वैशाख ३०, २०८० शनिबार १५:३५:४७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतको कर्नाटक विधानसभा चुनावमा कांग्रेसले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) लाई ठूलो अन्तरले पछि पारेको छ । अहिलेसम्मको परिणाम अनुसार कांग्रेसले बहुमतको आकडा पार गरेको बीबीसी हिन्दीले जनाएको छ । अहिले कांग्रेस एक सय ३० र भाजपा ६६ सिटमा अगाडि रहेको छ ।

जनता दल सेकुलर (जेडीएस) २० सिटमा अघि छ । निकै तीव्र चुनावी अभियानपछि कर्नाटकमा मे १० मा दुई सय २४ सिटका लागि चुनाव भएको थियो । निर्वाचन आयोगको तथ्याङ्क अनुसार यसपटक प्रदेशमा ७३ दशमलव १९ प्रतिशत मतदान भएको छ । जुन प्रदेशकै रेकर्ड हो ।

कर्नाटकको चुनावी नतिजा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लागि निकै महत्त्वपूर्ण मानिन्छ । यस पटक चुनावी प्रचारका लागि मोदी २० पटक कर्नाटक पुग्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।

कर्नाटकमा कांग्रेसले बहुमत ल्याउँदा भारतमा अर्को वर्ष हुने नयाँ प्रधानमन्त्रीको चुनावमा नरेन्द्र मोदीलाई पछि पार्दै राहुल गान्धी निर्वाचित हुने सम्भावना धेरै रहने पनि बीबीसी हिन्दीले जनाएको छ ।    
 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया