इथियोपियामा हैजाका कारण ज्यान गुमाउनेको सङ्ख्या ९४ जना पुग्यो

 वैशाख ३०, २०८० शनिबार १८:२३:९ | एजेन्सी
unn.prixa.net

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (यूएन.ओसी.एचए) ले इथियोपियामा हैजा महामारीको चेतावनी दिएको छ ।

फैलिरहेको हैजा सङ्क्रमणका कारण ९४ जनाको ज्यान गइसकेको र हैजा फैलने क्रम तीव्र बनेको भन्दै राष्ट्रसङ्घले महामारीको चेतावनी दिएको हो ।

यूएनओसीएचएले निकालेको विज्ञप्तिमा हैजाको प्रकोप सबैभन्दा लामो भएको र सीमापार फैलिने उच्च जोखिम रहेको उल्लेख छ । बाढीका कारण हैजालगायत स्वास्थ्य जोखिमलाई अझ बढाएको पनि विज्ञप्तिमा भनिएको छ ।

यूएनओसीएचएले इथियोपियाका एक लाख मानिसलाई हैजा विरुद्धको खोप लगाएको र १९ लाख डोजसहित खोपको नयाँ अभियान सुरु गरेको पनि बताएको छ । ७० लाखभन्दा धेरै मानिस रहेकाले खोप कार्यक्रम अपेक्षा अनुसार हुन सकेको छैन ।    
 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया