युक्रेनको पूर्वी सहर बाखमुतको एक क्षेत्रमा कब्जा जमाएको रुसको दाबी

 वैशाख ३१, २०८० आइतबार ९:३०:४८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रूसले आफ्नो सेनाले युक्रेनको पूर्वी सहर बाखमुतको एक क्षेत्रमा कब्जा जमाएको दाबी गरेको छ । बाखमुतमा आक्रमणको नेतृत्व गरिरहेको रूसको वाग्नर अर्धसैनिक समूहका प्रमुखले नियमित रूपमा रूसी सैनिकहरू सहरको छेउछाउबाट निरन्तर अघि बढिरहेको बताएका छन् ।

रुसी रक्षा मन्त्रालयले निकालेको विज्ञप्तिमा हवाई सेनाका एकाईले आक्रमणकारी टुकडीलाई सहयोग पुर्‍याएका र विपक्षी सेनालाई सहरको किनारामा पुर्याएका उल्लेख छ । डोनेट्स्कको पूर्वी क्षेत्रमा थुप्रै बस्तीनजिक युक्रेनी सेनालाई लक्षित गरी हवाई र बम आक्रमणका घटना भैरहेका छन् ।     

यसैबीच युरोपेली सङ्घ (ईयू) का विदेश नीति प्रमुख जोसेप बोरेलले रूसी आक्रमणको प्रतिकार गर्न युक्रेनलाई लामो दूरीका हतियार उपलब्ध गराउन युरोपेली देशलाई आग्रह गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वी युक्रेनमा रूसी सेनाविरुद्ध प्रतिआक्रमण गर्न थप उन्नत हतियार उपलब्ध गराउन आग्रह गर्दै आउनुभएको छ । रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण थालेको थियो । त्यसयता निरन्तर आक्रमणका घटना हुँदै आएका छन् ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया