बङ्लादेश र म्यानमारमा ‘मोखा’ चक्रवातकाे प्रभाव : बङ्लादेशमा ५ लाख मानिसलाई सुरक्षित ठाउँमा सारियो

 वैशाख ३१, २०८० आइतबार ११:१२:६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

बङ्लादेश र म्यानमारमा चक्रवात ‘मोखा’ को प्रभाव देखिन थालेको छ । बङ्लादेशमा आज बिहानैदेखि ठूलो पानी परिरहेको छ ।

प्रतिघण्टा १ सय ७० किलोमिटरको वेगमा रहेको आँधीले बङ्लादेशको कक्स बजार धेरै प्रभावित हुन सक्ने पूर्वानुमान गरिएको छ । कक्स बजारमा झण्डै १० लाख शरणार्थी अस्थायी शिविरमा बसोबास गरिरहेका छन् ।

‘मोखा’ चक्रवातको चेतावनीसँगै बङ्लादेशमा झण्डै ५ लाख मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । बङ्गालको खाडीमा गएको बिहीवार विकसित भएको चक्रवात शक्तिशाली चक्रवातका रुपमा परिणत भएको हो ।

यो चक्रवात उत्तर, उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बङ्लादेश तथा म्यानमारको तटीय क्षेत्रतर्फ बढिरहेको छ । यो चक्रवातको असर म्यानमारमा पनि पर्ने अनुमान छ । ती देशमा सक्रिय सहायता एजेन्सीले आपतकालीन कार्ययोजनासहित पूर्व तयारी गरिरहेका सीएनएनले जनाएको छ ।

बङ्लादेशले दुई दशकपछि आएको यो सबैभन्दा शक्तिशाली चक्रवातको रूपमा मोखालाई लिएको छ ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया