मोखा चक्रवात : बाढी पहिरोमा परेर म्यानमारमा पाँच जनाको ज्यान गयो, बङ्लादेशमा शरणार्थी शिविर ध्वस्त

 जेठ १, २०८० सोमबार ६:१६:४६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

मोखा नामक चक्रवातको असरका कारण बङ्लादेश र म्यानमारमा ठूलो वर्षा भएको छ । कतिपय ठाउँमा आँधीबेहरीसमेत आएको छ । बङ्लादेशको कक्स बजार क्षेत्रमा आँधीबेहरीले भौतिक रुपमा क्षति पुर्‍याएको छ । त्यहाँ रहेका धेरैजसो शरणार्थी शिविरहरु ध्वस्त भएका छन् ।

नागरिकलाई भने सुरक्षित ठाउँमा सारिएकाले उनीहरु सुरक्षित छन् ।

यस्तै, म्यानमारमा पनि आँधीबेहरीले नोक्सानी पुर्‍याएको छ । त्यहाँ २१० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको  बीबीसीले जनाएको छ ।

चक्रवातको असर परेको क्षेत्रमा बाढी पहिरो पनि आएको छ । जसमा परेर पाँच जनाको ज्यान गएको छ । म्यानमारको न्याउङ–उ सहरमा ५८ वर्षयताकै सबैभन्दा धेरै वर्षा भएको त्यहाँको मौसम विज्ञान विभागले जनाएको छ ।
 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया