न्युजिल्याण्डको एक छात्रावासमा आगलागी : ६ जनाको ज्यान गयो, बेपत्ता ३० जनाको खोजी चल्दै

 जेठ २, २०८० मंगलबार ८:३६:४२ | एजेन्सी
unn.prixa.net

न्युजिल्याण्डको राजधानी वेलिङ्गटनको एक छात्रावासमा आगलागी भएको छ । आगलागीमा परेर कम्तीमा ६ जनाको ज्यान गएको छ । ३० जनाको अवस्था थाहा हुन सकेको छैन । उनीहरुको खोजी भइरहेको छ ।

चार तले आवासीय भवनमा गएराति आगलागी भएको र भवनमा ९२ जनासम्म बस्न मिल्ने कोठा रहेको बीबीसीले जनाएको छ । तर आगलागी हुँदा भवनमा कतिजना थिए भन्ने खुल्न सकेको छैन ।

आगलागी नियन्त्रणका लागि २० वटाभन्दा धेरै दमकल प्रयोग गरिएको थियो । आगो निभाइएको छ । आगलागीको कारण खुल्न सकेको छैन । तर कसैले जानाजानी आगो लगाएको हुन सक्ने अनुमान गरिएको खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया