पर्यटक भिसा रहेकालाई हज यात्रामा सहभागी हुन नदिने साउदी सरकारको निर्णय

 जेठ २, २०८० मंगलबार १९:४:१० | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

साउदी अरेबियाले पर्यटक भिसामा आउनेहरू हज यात्रामा सहभागी हुन नपाउने बताएको छ । साउदीको हजा तथा उमरा मन्त्रालयले विज्ञप्ति निकालेर पर्यटन भिसामा आएकाहरू हज यात्रामा सहभागी हुन नपाउने बताएको हो ।

यस्तै मन्त्रालयले हज यात्रामा सहभागी हुने व्यक्ति र गाडी दुवैका लागि अनुमति अनिवार्य गरेको पनि जनाएको छ । साउदी अरेबियाले जुन २६ देखि हज यात्रा सुरु गर्ने तयारी गरेको छ । साउदी अरेबियाले हरेक देशका लागि हज यात्रीको कोटा निर्धारण गरेको छ । यस वर्ष सबैभन्दा धेरै इन्डोनेसिया र त्यसपछि पाकिस्तान, भारत, बङ्गलादेश, नाइजेरिया, इरानलगायतका देशले बढी कोटा पाएका छन् ।

कोरोना महामारी सुरु हुनुअघि साउदी अरेबियाले हज यात्राबापत वर्षमा ३० अर्ब अमेरिकी डलर राजस्व सङ्कलन गर्दै आएको थियो । कोरोनापछि भिडभाड घटाएको साउदी सरकारले अघिल्लो वर्षदेखि कोटा बढाएको छ । मुस्लिमहरूले पवित्र तीर्थका रूपमा जीवनमा कम्तीमा एक पटक हज यात्रा गर्ने प्रयास गर्दछन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया