आईपीएल क्रिकेटमा लखनउको रोमाञ्चक जित : मुम्बई ५ रनले पराजित

 जेठ ३, २०८० बुधबार ६:१८:१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई ५ रनले हराएको छ ।

गएराति लखनउमा भएको रोमान्चक खेलमा मुम्बईलाई हराएको लखनउले प्लेअफ सम्भावना बलियो बनाएको छ ।

जितका लागि १ सय ७८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।

मुम्बईका ईशान किशनले सर्वाधिक ५९ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । कप्तान रोहित शर्माले ३७ रन जोडे ।

मुम्बईलाई अन्तिम ६ बलमा जितका लागि ११ रन चाहिएको थियो । तर लखनउका मोहसिन खानले पाँच रन मात्रै दिएपछि लखनउ विजयी भयो ।

लखनउका रवि विश्रोई र यश ठाकुरले समान २/२ विकेट लिए । मोहसिन खानले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली लखनउले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो ।

लखनउका मार्कुस स्टोइनिस सर्वाधिक ८९ रनमा अविजित रहे । कप्तान क्रुनाल पान्ड्या ४९ रनमा 'रिटायर्ड आउट' भएका थिए ।

मुम्बईका जेसन बेहर्नडोर्फले २ विकेट लिए । पियुष चवालाले १ विकेट लिए । जितसँगै लखनउ १३ खेलमा १५ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।

समान १३ खेलमा मुम्बई १४ अङ्कका साथ चौथो स्थानमा छ । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया