रूस र युक्रेनबीचको खाद्यान्न सम्झौता थप दुई महिना लम्बियो

 जेठ ४, २०८० बिहीबार ६:४२:३८ | एजेन्सी
unn.prixa.net

संयुक्त राष्ट्र सङ्घको समर्थन प्राप्त रूस र युक्रेनबीचको खाद्यान्न सम्झौता थप दुई महिना लम्बिएको छ।

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्की र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई सम्झौता लम्ब्याउन भूमिका खेलेको र आफूले यसको समन्वय गरेको बताउनुभयो । त्यसअनुसार ‘ब्ल्याक सी’ को अन्न सम्झौतालाई थप दुई महिना लम्ब्याउने निर्णय भएको उहाँले जानकारी दिनुभयो।

एर्दोगानले यो सम्झौता सबै पक्षका लागि लाभदायक हुने विश्वास व्यक्त गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ । अघिल्लो वर्षको फेब्रुअरीमा रूसले आक्रमण गर्नुअघि युक्रेन विश्वको प्रमुख खाद्यान्न निर्यातकर्तामध्ये एक थियो।

रुसी युद्धपोतहरूले युक्रेनको ‘ब्ल्याक सी’ बन्दरगाह अवरुद्ध गरेपछि विश्व बजारमा खाद्यान्नको मूल्य बढेको थियो । युद्ध सुरु भएयता रूस र युक्रेनबीच यो मात्रै एउटा सम्झौता भएको छ । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया