पाेखरामा नगर बस र स्कुटर ठाेकिँदा एक जनाकाे ज्यान गयाे

 जेठ ४, २०८० बिहिबार १९:४६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

पोखरा – पाेखराकाे पुम्दिभुम्दीमा नगर बस र स्कुटर ठाेकिँदा एक जनाकाे ज्यान गएकाे छ । दुर्घटनामा स्कुटर चालक पाेखरा उपमहानगरपालिका–२५ हेम्जाका तुलसीप्रसाद त्रिपाठीकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ । 

आज बिहीवार पाेखरा–२२ पुम्दिभुम्दीकाे भित्री सडक खण्डमा ग १ ख ३२८७ नम्बरकाे नगर बस र ग २३ प ३६८६ नम्बरकाे स्कुटर ठाेकिँदा घाइते भएका त्रिपाठीकाे पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारका क्रममा ज्यान गएकाे हाे । 

त्यही स्कुटरमा रहेका पाेखरा–५ मालेपाटनका २२ वर्षीय शिशिर त्रिपाठी घाइते हुनुभएकाे छ । उहाँकाे पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया