इटलीमा ६ महिनामा पर्ने पानी २ दिनमै पर्‍याे, बाढीका कारण ९ जनाको ज्यान गयो

 जेठ ४, २०८० बिहीबार २०:३२:६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारी वर्षापछिको बाढीका कारण इटलीमा नौ जनाको ज्यान गएको छ । उत्तरी इटालीको इमिलिया–रोमाग्ना क्षेत्रमा भारी वर्षाका कारण बाढी आएपछि नौ जनाको ज्यान गएको र १३ हजार जना मानिस विस्थापित भएका बीबीसीले जनाएको छ । 

इटलीमा छ महिनाको अवधिमा पर्ने पानी दुई दिनमै परेपछि २० वटाभन्दा बढी नदीहरूमा ठूलाे बाढी आएको खबरमा उल्लेख छ । रिमिनीको उत्तर–पूर्वी तट र बोलोग्ना सहरको बीचमा सबै नदीमा बाढी आएको अधिकारीहरूले बताएका छन् । नदी आसपासका क्षेत्रमा दुई सय ५० भन्दा धेरै ठाउँमा पहिरो खसेकाले मानिसहरूलाई रातारात अन्यत्र सारिएको छ । 

इटलीका नागरिक सुरक्षामन्त्री नेलो मुसुमेचीले नदीका किनारहरू फुटेको र सहरहरूमा पानी पसेर डुबान भएको बताउनुभएको छ ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया