मेक्सिकोमा अपहरणमा परेका ४० आप्रवासीसहित ४२ जनाको उद्धार

 जेठ ५, २०८० शुक्रबार ७:११:२१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

मेक्सिकोमा बसमा यात्रा गर्ने क्रममा यसै हप्ता अपहरणमा परेका ४० आप्रवासीसहित ४२ जनाकाे उद्धार गरिएकाे छ । 

उत्तरपूर्वी मेक्सिकोको एक राजमार्गमा यात्रा गरिरहेका ४० जना आप्रवासी र दुई जना चालक यसै हप्ता अपहरणमा परेका थिए । दक्षिणी मेक्सिकोबाट ग्वाटेमालाको सीमातर्फ लागेका त्यही समूहका अन्य नौ जनालाई भने अपहरणकै दिन उद्धार गरिएको एएफपीले जनाएको छ । 

राष्ट्रिय सुरक्षागार्डका सदस्यहरूले मङ्गलवार र बुधवार बाँकी ३३ जनालाई फेला पारेका राष्ट्रिय रक्षामन्त्री लुइस क्रेसेन्सियो स्यान्डोभालले बताउनुभएको छ ।

उत्तरपूर्वी राज्य नुएभो लियोनका अधिकारीहरूका अनुसार उद्धार गरिएका नौ जना भेनेजुएला र होन्डुरसका १८ देखि ३५ वर्ष उमेर समूहका नागरिक रहेका एएफपीले जनाएको छ। नेसनल कन्फेडेरेसन अफ मेक्सिकन ट्रान्सपोर्टका अनुसार अपहरित व्यक्तिसँग प्रतिव्यक्ति एक हजार ५०० अमेरिकी डलरका दरले फिरौतीको माग गरिएको थियो ।

आफ्नो देशमा हिंसा र गरिबी बढेपछि भागेका हजारौँ आप्रवासी अमेरिकी सीमा पार गर्ने क्रममा मेक्सिको पुग्ने गरेका र त्यहाँ आपराधिक गिरोहले अपहरण र शोषण गर्ने गरेका छन् ।      

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया