बाली लगाउनुअघि नै प्रमुख कृषि उपजकाे न्यूनतम समर्थन मूल्य तोकिने

 जेठ ५, २०८० शुक्रबार १७:३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले आउँदाे आर्थिक वर्षदेखि बाली लगाउनुअघि नै प्रमुख कृषि उपजकाे न्यूनतम समर्थन मूल्य ताेक्ने बताएकाे छ ।

सरकारको तर्फबाट आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बाली लगाउनुअघि नै प्रमुख कृषि उपजकाे न्यूनतम समर्थन मूल्य तोकिने बताउनुभएको हाे । साथै उहाँले कृषि बाली, पशुपक्षी तथा मत्स्य व्यवसायलाई समेट्ने गरी कृषि बीमाको दायरा विस्तार गर्दै लगिने पनि बताउनुभयाे । 

राष्ट्रपति भण्डारीले कृषि कर्जा कार्यक्रमलाई पनि पुनरावलोकन गर्ने बताउनुभयाे । साना तथा सीमान्तकृत किसानलाई योजनामा आधारित किसान पेन्सन योजनाको आधारमा अवधि बढाइने उहाँले उल्लेख गर्नुभयाे । 

यस्तै कृषि, पशुपक्षी तथा खाद्यसम्बन्धी प्रयोगशालालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप स्तरोन्नति गरिने राष्ट्रपतिले बताउनुभयाे । साथै खाद्य भण्डार क्षमताको अभिवृद्धि गरी न्यूनतम परिमाणको खाद्यान्न मौज्दात राख्ने व्यवस्था गर्ने पनि उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया