बर्खामा मासिक ५० र हिउँदमा ३० युनिटसम्म खपत गर्नेलाई बिजुली निःशुल्क दिइने

 जेठ ५, २०८० शुक्रबार १७:२३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – सरकारले ऊर्जामा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने घोषणा गरेको छ ।

शुक्रवार सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनुभएको हो । उहाँका अनुसार सरकारले दुई वर्षभित्र सबैको घरमा बिजुली पुर्‍याउने भएकाे छ । विपन्न वर्गलाई निःशुल्क बिजुली उपलब्ध गराउने सरकारको घोषणा छ ।

त्यस्तै सरकारले बर्खायाममा मासिक ५० युनिट र हिउँदयाममा ३० युनिटसम्म बिजुली खपत गर्ने उपभोक्तालाई निःशुल्क बिजुली उपलब्ध गराउने भएको छ । सरकारले खाना पकाउने ग्यासलाई क्रमशः बिजुलीबाट प्रतिस्थापन गर्ने घोषणा पनि गरेको छ ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया