पश्चिमी वायुको सामान्य प्रभाव : कोशी र गण्डकी प्रदेशका पहाडी ए...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – सरकारले ‘हाम्रो उत्पादन, हाम्रो स्वाभिमान’ अभियानसहित स्वदेशी उत्पादनलाई प्रवर्धन र उपभोगको नीति लिएको छ ।
आज शुक्रवार संसदमा प्रस्तुत भएको आउँदाे आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रमले स्वदेशी उत्पादनलाई प्रवर्धन गर्ने लक्ष्यसहित नवप्रवर्तन (स्टार्टअप) व्यवसायलाई बिउ पुँजी उपलब्ध गराउने र नेपालमा उत्पादित केही वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने योजना सार्वजनिक गरेको छ ।
‘लगानीयोग्य पुँजीको अभावमा उद्यमशीलता निरुत्साहित हुने अवस्थाको अन्त्य गरिनेछ । रोजगारीका लागि व्यावसायिक तालिम उपलब्ध गराउने र सुरुवाती व्यवसाय गर्न आवश्यक पर्ने बिउ पुँजी सहुलियतपूर्ण ब्याजदरमा उपलब्ध गराइनेछ’, वार्षिक नीति तथा कार्यक्रममा भनिएको छ, ‘स्वदेशी वस्तुको उत्पादन र उपयोग वृद्धिका लागि मेक इन नेपाल र मेड इन नेपाल अभियानलाई सहयोग पुर्याइनेछ । यी अभियानअन्तर्गत हिमालको पानी प्रशोधनसहित व्यावसायिक उत्पादन र तिलगङ्गा आँखा अस्पतालबाट उत्पादित लेन्स विश्व बजारमा ब्रान्डिङ गरिनेछ ।’
नवप्रवर्तनमा आधारित उद्यम व्यवसायलाई प्रोत्साहन गर्ने तथा यो क्षेत्रमा काम गर्न चाहने युवाहरूको सीप तथा दक्षताको उपयोग गरी उद्यम व्यवसाय प्रवर्धन गर्न विशेष कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । २० प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तु किन्नुपर्ने व्यवस्था सरकारको नीति तथा कार्यक्रममा राखिएको छ । कृषि र उच्च प्रविधिमा आधारित उद्योग विकास गर्न औद्योगिक वातावरण तयार पार्ने तथा औद्योगिक विकासलाई तीव्रता दिन आवश्यक नीतिगत र संस्थागत सुधार गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । विपन्न परिवारलाई लक्षित गरी वडा तहमा सहुलियतपूर्ण खाद्यान्न पसल सञ्चालन गर्ने सरकारको योजना छ ।
लामो समयदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका उद्योग, सञ्चालन खारेजी, एकीकरण वा आवश्यक व्यवस्थापनको विषयमा अध्ययन गर्न उच्चस्तरीय अध्ययन समिति गठन गरिने जनाइएको छ । पुनः सञ्चालनको सम्भावना रहेका हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखानालाई सञ्चालनमा ल्याइने वार्षिक नीति तथा कार्यक्रममा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Bhandari Megh Raj
May 20, 2023, 4:22 a.m.जनतालाइ हरेक बजेटमा यसरी नै उल्लु बनाइन्छ!!