भारतले दुई हजारको नोट चलनचल्तीबाट हटाउने, आउँदो सेप्टेम्बरसम्म बैँकहरुमा जम्मा गर्न सकिने

 जेठ ६, २०८० शनिबार ६:४४:५८ | एजेन्सी
unn.prixa.net

भारतले दुई हजार दरका नोट चलनचल्तीबाट हटाउने घोषणा गरेको छ । हिजो भारतको रिजर्भ बैँक (आरबीआई) ले निकालेको विज्ञप्तिमा यी नोटहरू वैध नै रहने र आउँदो सेप्टेम्बर ३० तारिख (असोजको १३ गते)सम्म बैँकहरुमा जम्मा गर्न सकिने जनाएको छ ।

नागरिकले आफ्नो खातामा दुई हजारका नोट जम्मा गर्न वा जुनसुकै शाखामा गएर नोट साट्न सक्ने उल्लेख छ । साथै बैँक खातामा जम्मा गर्नका लागि कुनै सीमा तोकिएको छैन र त्यसमा विद्यमान कानून लागु हुने बीबीसी हिन्दीले जनाएको छ । आरबीआईले बैँकहरुलाई तत्काल दुई हजारका नयाँ नोट जारी नगर्न पनि निर्देशन दिएको छ ।

आरबीआईले यसअघि पाँच सय र एक हजार दरका नोट बन्द भएपछि अर्थतन्त्रमा मुद्राको आवश्यकता पूरा गर्न दुई हजारका नोट जारी गरेको थियो । तर साना नोटको आपूर्ति सहज भएपछि सन् २०१८/१९ मा दुई हजारका नोट छाप्न रोकिएको थियो ।

सन् २०१६ को नोभेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५ सय र एक हजार रुपैयाँका नोट बन्द गर्ने घोषणा गर्नुभएको थियो । त्यसपछि भारत सरकारले दुई हजारको नयाँ नोट चलन चल्तीमा ल्याएको थियो ।
 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

3 Comments

  • Pramesh Man shrestha

    July 3, 2023, 2:38 p.m.

    नेपाल सरकारले पनि १००० र ५०० काे नाेट चलनचल्ती बाट हटाए पछि लुकेको पैसा अबैध पैसा निस्कन्छ यसै सरकारले सबै कुरा भारत बाट सिक्छ यस्तो स्वागत याेग्य नेपालकाे लागि आबश्यकता लाई मध्येनजर हाेस सरकार

  •  0 Reply
  • Pramesh Man shrestha

    July 3, 2023, 2:34 p.m.

    ay 20, 2023, 10:55 a.m. नेपाल सरकारले पनि १००० र ५०० काे नाेट चलनचल्ती बाट हटाए पछि लुकेको पैसा अबैध पैसा निस्कन्छ यसै सरकारले सबै कुरा भारत बाट सिक्छ यस्तो स्वागत याेग्य नेपालकाे लागि आबश्यकता लाई मध्येनजर हाेस

  •  0 Reply
  • धर्मराज पाध्याय

    May 20, 2023, 10:55 a.m.

    नेपाल सरकारले पनि १००० र ५०० काे नाेट चलनचल्ती बाट हटाए पछि लुकेको पैसा अबैध पैसा निस्कन्छ यसै सरकारले सबै कुरा भारत बाट सिक्छ यस्तो स्वागत याेग्य नेपालकाे लागि आबश्यकता लाई मध्येनजर हाेस सरकार

  •  0 Reply

तपाईको प्रतिक्रिया