४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा

 जेठ ६, २०८० शनिबार ९:१२:२४ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

विश्वका ४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएकाे छ । डब्लुएचओका अनुसार यस वर्ष अहिलेसम्म २४ देशमा हैजाको प्रकोप देखिएको छ । गएको वर्षको मे महिनामा मात्रै १५ देशमा हैजाको प्रकोप देखिएको थियो ।

सामान्यतया हैजाकाे प्रकाेपबाट मुक्त रहेका भनिएका देशहरु पनि पछिल्लाे समय यसबाट प्रभावित भइरहेका छन् र मृत्युदर एक सय भन्दा धेरै छ । गरिबी, द्वन्द्व, जलवायु परिवर्तन र त्यसले निम्त्याएको जनसङ्ख्या विस्थापनका कारण सङ्क्रमण बढेको डब्लुएचओका कार्यक्रम व्यवस्थापक हेनरी ग्रेले बताउनुभयो ।

हैजाबाट प्रभावित देशहरूको सङ्ख्या बढ्दै जाँदा, रोकथाम र प्रतिकार्यका लागि उपलब्ध स्रोतहरू कम छ । साथै खोप अभियान नराम्ररी प्रभावित भएको छ । हैजा सामान्यतया दूषित खाना वा पानीको माध्यमबाट सर्ने एक रोग हो । विशेष गरी साना बच्चाका लागि जोखिम निम्त्याउने यो रोगका कारण झाडापखाला र बान्ता हुने गर्छ ।     

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया