एभरेष्ट बैंक इटहरी शाखाबाट वचतकर्ताको डेढ करोड चोरी : शाखा प्रबन्धकसहित ९ जना पक्राउ

 जेठ ६, २०८० शनिबार ११:३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एभरेष्ट बैंकको इटहरी शाखा सुनसरीबाट वचतकर्ताले जम्मा गरेको डेढ करोड रुपैयाँ चोरी भएको छ । ग्राहकले आफ्नो खातामा जम्मा गरेको एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ चोरी भएको हो ।

३३ जना वचतकर्ताको खाताबाट रकम चोरी भएपछि अनुसन्धानका लागि एभरेष्ट बैंक इटहरी शाखाका प्रबन्धकसहित अहिलेसम्म ९ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डीएसपी राजकुमार राईका अनुसार चोरीमा संलग्न भएको आरोपमा पक्राउ पर्नेहरुमा बैंकको इटहरी शाखा प्रबन्धक सिन्धुपाल्चोक बाह्रबिसे–८ घर भएका विश्वराज शाक्य, बैंकको उदयपुर गाइघाट शाखाका अपरेशन इञ्चार्ज विराटनगर–८ का निरज प्रधान, एभरेष्ट बैंक इटहरी शाखाका सुपरभाईजर धावा लामा, बैंकका कनिष्ठ सहायक मनोज घिमिरे, देवराज शर्मा, रंजित पण्डित, बैंकको इटहरी शाखाकी टेलर पवित्रा कटुवाल रहेका छन् ।

त्यस्तै धनुषाको मिथिला नगरपालिका–११ का शंकर भुजेल र भक्तपुरको सूर्यविनायक नगरपालिका– २ का अजय खिउजू पनि पक्राउ परेका छन् । पाँच महिनाको अवधिमा ३३ जना ग्राहकको खाताबाट एक करोड ५० लाख भन्दा धेरै रकम चोरी भएको र उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको उहाँको भनाइ छ । उनीहरुमाथि बैँकिङ कसुर र संगठित अपराध कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको डीएसपी राईले बताउनुभएको छ ।
 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया