कर्णाली, गण्डकी र बाग्मतीका पहाडी भू–भागमा चट्याङसहित वर्षा गराउने बादल विकसित हुँदै

 जेठ ६, २०८० शनिबार १७:२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कर्णाली, गण्डकी र बाग्मती प्रदेशका पहाडी भू–भागमा चट्याङसहित वर्षा गराउने बादल विकसित भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले नेपालमा प्रभाव पारिरहेको पश्चिमी र स्थानीय वायुको कारण कर्णाली, गण्डकी र बाग्मती प्रदेशका पहाडी भू–भागमा चट्याङसहित वर्षा गराउने बादल विकसित भइरहेको महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले विकसित भइरहेको बादल पूर्वतर्फ फैलिरहेको जानकारी गराउँदै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । विकसित प्रणालीका कारण आउँदो तीन दिनसम्म देशका पहाडी भेगमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिजो ठूलो पानी परेको गण्डकी प्रदेशमा आज पनि ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा पनि मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  कोशी प्रदेश र मधेस प्रदेशको तराईको केही ठाउँमा हावाहुरीकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ।        
 

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया