यी हुन् ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा समेटिएका १० वटा परियोजन...
मंसिर १९, २०८१ बुधबार
काठमाण्डाै – नेपाल चामल, तेल, दाल, उद्योग सङ्घले तोरीको तेलमा लाग्दै आएको १३ प्रतिशतको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न सरकारसँग माग गरेको छ ।
आइतवार सङ्घले काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै तोरीको तेलमा लाग्दै आएको १३ प्रतिशत भ्याट खारेज गर्न सरकारसँग माग गरेको हो । सङ्घले तोरीको तेल अत्यावश्यक खाद्य वस्तु भएको भन्दै अवैधरूपमा भित्रिने तोरीको तेलका कारण स्वदेशी उद्योगहरू बन्द हुन थालेको बताएको छ ।
पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष सुबाेध गुप्ताले सरकारले स्वदेशी उद्योगहरू बन्द हुन नदिनका लागि १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा तोरीको तेल उत्पादन गर्दा एक प्रतिशत कच्चा पदार्थ र १३ प्रतिशत भ्याट रहेको बताउनुभयो । उहाँले भारतमा तोरीको तेल उत्पादन भएकाले सीमा नाकाबाट अवैधरूपमा तोरीको तेल आइरहेको बताउनुभयो । उहाँले नेपालमा तेल उद्योगलाई बचाउनका लागि सरकारले चोरीपैठारी नियन्त्रण गर्ने र १३ प्रतिशत कर खारेज गर्न आवश्यक रहेको पनि बताउनुभयो । सरकारले सङ्घका दुई वटा माग सम्बोधन नगरेसम्म भारतसँग प्रतिस्पर्धा गर्न नसक्ने अध्यक्ष गुप्ताकाे भनाइ छ ।
सङ्घले भारतमा कृषि उत्पादनमा मल, बिउलगायतका क्षेत्रमा सहुलियत र तोरी तेलमा भ्याट नलाग्ने भएकाले भारतीय तोरी तेल नेपाली तोरीको तेलभन्दा लगभग २५ प्रतिशत सस्तोमा बिक्री भइरहेको बताएको छ । सङ्घले अस्वस्थ प्रतिस्पर्धाका कारण अनधिकृत व्यापारले नेपाली बजारमा प्रोत्साहन पाइरहेको बताएको छ । यस्तै सङ्घले बैंक ब्याज एकल अङ्क हुनुपर्ने, विद्युत् अनुदान तथा अन्य सुविधा हुनुपर्ने र क्रेडिट एक्ट लागू हुनुपर्ने माग राखेको छ ।
राष्ट्रिय अर्थतन्त्रलाई सबल र सक्षम बनाउन आन्तरिक उत्पादन र स्वदेशी उद्योगहरूलाई निश्चित नीति निर्माण गर्न आवश्यक रहेको सङ्घको माग छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Binod Rijal
May 21, 2023, 3:35 p.m.Removing 13% VAT is a good idea. But for sustain business , reducing bank interest rate to a single digit is not appropriate.