ईयूका शीर्ष नेताहरु दक्षिण कोरियामा : व्यापार सम्झौता, हतियार कार्यक्रमलगायत विषयमा वार्ता हुने

 जेठ ९, २०८० मंगलबार ६:४४:२५ | एजेन्सी
unn.prixa.net

युरोपेली सङ्घ (ईयू) का शीर्ष नेताहरू दक्षिण कोरियामा भेला भएका छन् । उनीहरु दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलसँगको शिखर वार्ताका लागि जुटेका हुन् ।

ईयूका शीर्ष नेता र दक्षिण कोरियाका राष्ट्रपतिबीच व्यापार सम्झौता, युक्रेनमा भएको युद्ध र उत्तर कोरियाको प्रतिबन्धित हतियार कार्यक्रमलगायत विषयमा वार्ता हुने समाचार संस्था एएफपीले जनाएको छ ।

जापानको हिरोसिमामा सम्पन्न जी–सेभेन शिखर सम्मेलनमा सहभागी भएका युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेल र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपेली सङ्घ (ईयू) बाट बेलायतको बहिर्गमनपछि आवश्यक स्रोत र साधनको वैकल्पिक बजार विस्तार गर्न दक्षिण कोरियासँग व्यापारिक सम्बन्ध विस्तारको प्रयास थालेका हुन् ।

युरोपेली परिषद्ले निकालेको विज्ञप्तिमा युरोपेली सङ्घ र दक्षिण कोरियाले नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था कायम राख्न आफ्नो बलियो संयुक्त समर्थन व्यक्त गर्ने अपेक्षा गरिएको छ ।

विश्वको नवौँ ठूलो हतियार निर्यातकर्ता दक्षिण कोरियाले युक्रेनलाई मानवीय सहायता पठाएको छ भने पोल्याण्डलाई ट्याङ्क र छोटो दूरीमा प्रहार गर्ने शक्तिशाली तोपगोला बेचेको छ ।

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया