पछिल्लो ५० वर्षमा जलवायुजन्य विपत्तिका कारण २० लाख जनाभन्दा धेरैको ज्यान गयो

 जेठ ९, २०८० मंगलबार २०:३५:४२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

विश्वभर भएका जलवायुजन्य प्राकृतिक विपत्तिले गएकाे ५० वर्षमा २० लाख जनाभन्दा धेरैको ज्यान गएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।

राष्ट्र सङ्घको मौसमसम्बन्धी सङ्गठन डब्लूएमओले सार्वजनिक गरेको एक प्रतिवेदनले सन् १९७० देखि २०२१ सम्ममा ११ हजार सात सय ७८ वटा ठूला जलवायुजन्य प्राकृतिक विपत्तिका घटना भएका उल्लेख गरेको छ । यी घटनामा २० लाख जनाभन्दा धेरैको ज्यान गएको डब्लूएमओले जनाएको छ । यी घटनाबाट चार खर्ब ३० अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको पनि प्रतिवेदनमा उल्लेख रहेको कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।

प्रतिवेदनमा जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा आँधी, मुसलधार वर्षापछि बाढी–पहिरो, हिमपहिरोलगायतका घटनाहरू बढिरहेका उल्लेख छ ।

पछिल्लो समयमा भएका घटनाको उदाहरणको रूपमा संयुक्त राष्ट्र सङ्घले 'मोका' नामको आँधीले बङ्गलादेश र म्यान्मारमा मानवीय क्षति पुर्‍याएकाे उल्लेख गरेको छ । खडेरीका कारण भएका घटनालाई भने याे प्रतिवेदनमा समेटिएको छैन । जलवायुजन्य विपत्तिहरूमध्ये झन्डै ९० प्रतिशत घटना विकासशील देशले भोग्नुपरेको पनि प्रतिवेदनले जनाएको छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया