गुजरातलाई १५ रनले हराउँदै चेन्नई आईपीएल क्रिकेटको फाइनलमा

 जेठ ९, २०८० बुधबार ५:४३:११ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ।

गएराति भएको पहिलो क्वालिफायरमा साविक विजेता गुजरात टाइटन्सलाई १५ रनले हराउँदै चेन्नई उपाधि नजिक पुगेको हो । 

चेन्नई चार पटकको च्याम्पियन टोली हो । चेन्नईमा जितका लागि १ सय ७३ रनको लक्ष्य पछ्याएको गुजरात निर्धारित २० ओभरमा १ सय ५७ रनमा अलआउट भयो ।

गुजरातका शुभमन गिलले सर्वाधिक ४२ रन बनाए । राशिद खानले ३० रन जोडे । अन्य कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

चेन्नईका रविन्द्र जडेजा, दीपक चाहर, महेश थिक्सेना, मथिशा पाथिरानाले समान २/२ विकेट लिए भने तुषार देशपान्डेले १ विकेट लिए ।

त्यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।

चेन्नईका ऋतुराज गायकवाडले सर्वाधिक ६० रन बनाए । त्यस्तै डेभन कन्वेले ४० रन जोडे । कप्तान महेन्द्रसिंह धोनी १ रनमा आउट भएका थिए ।

गुजरातका मोहित शर्मा र मोहम्मद शामीले समान २/२ विकेट लिए । त्यस्तै नुर अहमद, राशिद खान र दर्शन नालकंडेले समान १/१ विकेट लिए ।

पराजित गुजरातले फाइनल प्रवेशका लागि आज हुने मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सबीचको एलिमिनेटर खेलको विजेतासँग शुक्रवार खेल्नेछ ।

शुक्रवार दोस्रो क्वालिफायर हुनेछ । आईपीएलको फाइनल खेल आइतवार अहमदाबादमा हुनेछ ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया