चीन–रुस व्यापार मञ्च अन्य देशहरुसँग पारस्परिक सहयोगका लागि इच्छुक

 जेठ १०, २०८० बुधबार ६:४३:१२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – चीन–रुस व्यापार मञ्च अन्य देशहरुसँग पारस्परिक सहयोगका लागि इच्छुक देखिएको छ ।

चीनले रुसलगायत अन्य देशहरूसँग पारस्परिकरूपमा लाभदायक सहयोगलाई सुदृढ गर्न, खुला विश्व अर्थतन्त्रको निर्माण गर्न, उच्च गुणस्तरको बेल्ट एण्ड रोडको प्रवर्द्धन गर्न इच्छुक रहेको चिनियाँ प्रधानमन्त्री ली छ्याङले बताउनुभएको छ ।

प्रधानमन्त्री ली छ्याङले चीन–रुस व्यापार मञ्चलाई बधाई सन्देश पठाउँदै दुई देशका प्रमुखले गरेको सहमतिलाई कार्यान्वयन गर्न यो मञ्च महत्त्वपूर्ण भएको उल्लेख गर्नुभएको छ ।

चीन रुससँग आर्थिक र व्यापारिक गतिविधि आदानप्रदान र विस्तार गर्न एवम् सहयोग प्रवर्द्धन गर्न इच्छुक रहेको लीले सन्देशमा उल्लेख गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

यो मञ्चले दुई देशका व्यापारिक वर्गलाई आफ्ना गतिविधि आदानप्रदान र सहयोगलाई सुदृढ गर्न राम्रो मञ्च प्रदान गरेको पनि प्रधानमन्त्री ली छ्याङको भनाइ छ ।

दुई देशका उद्यमीहरूले आफ्नो आवश्यकताअनुसार सहयोगको सम्भावनाको उपयोग गर्ने सन्देशमा भनिएको छ । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया