सुनको भाउ आज ६ सय रुपैयाँले बढ्यो

 जेठ १०, २०८० बुधबार ११:११:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा एक लाख ९ हजार आठ सय रुपैयाँमा पुगेको छ ।

हिजो तोलामा सुनको भाउ आठ सय रुपैयाँले घटेको थियो ।

चाँदीको भाउ भने आज ५ रुपैयाँले घटेर एक हजार तीन सय ६० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया