लगातार सातौँ दिन पनि बढ्याे शेयर बजार

 जेठ १०, २०८० बुधबार १५:१९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातार सातौँ दिन आज बुधवार पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ४९ अङ्कले बढेर एक हजार नाै सय ५९ दशमलव १२ विन्दुमा पुगेको छ ।

आज फाइनान्स, जलविद्युत् र म्युचल फन्डबाहेकका समूहको शेयर बढेकोमा होटल तथा पर्यटन र उत्पादन समूहको शेयर उच्च अङ्कले बढेको छ ।

बजार बढेपनि आज कारोबार रकम भने घटेको छ । हिजो दुई अर्ब २० करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय ७० वटा कम्पनीकाे ४८ लाख ६५ हजार कित्ता शेयर एक अर्ब ८७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १४ करोड ६४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि अजोड इन्सुरेन्स लिमिटेडको शेयर साढे तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया